काठमान्डौ चलचित्र मेरो एउटा साथी छ बाट नेपाली चलचित्र एउटा बेग्लै निर्देशकको छवि बनाएका सुदर्शन थापाले बक्स अफिसमा आधा दर्जन बढी चलचित्र निर्देशन गरिसकेका छन् । उनलको पछिल्लो चलचित्र म यस्तो गीत गाउँछु यो वर्षकै हिट चलचित्रको रुपमा उभिएपछि उनले फेरि बीग प्रोजक्टको चलचित्र रामलिलाको निर्माणमा जुटेका छन् ।

चलचित्रमै भविष्य देखेका सुदर्शनले पूजा शर्मालाई साथमा लिए बिग प्रोजेक्ट थाल्न लागेको छन् । उनको नयाँ प्रोजेक्टमा हास्य कलाकारको लर्को देखिनेछ । यसअर्थमा अब उनलेहरुले कमेडी धारमा रहेर फिल्म निर्माण गर्दैछन् भन्ने बुझिएको छ ।
सुरुमा १० लाख पारिश्रमिक दिएर केदार घिमिरे ‘माग्ने बुढा’लाई अनुबन्धित गरेको यो जोडिले विल्सन विक्रम राई ‘तक्मे बुढा’ र कलाकार रविन्द्र झा संगै अर्का हास्य कलाकार जितु नेपाललाई पनि अनुबन्धित गरेको छ ।
फिल्ममा पुजा शर्मा एक्लो नायिका रहने छिन् भने मुख्य नायक फाइनल हुन बाँकी छ । नाम समेत जुराउन बाकी रहेको फिल्मको छायांकन भने यहि माघ अन्तिमबाट शुरु गर्ने तयारी निर्माण पक्षले गरेको छ ।
काठमाडौँ — एमालेले राष्ट्रिय सभाका लागि तीन वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको छ । स्थायी कमिटीको सोमबार राति अबेरसम्म बसेको बैठकले ५, ६ र ७ नम्बर प्रदेशका उम्मेदवार टुंगो लगाएको हो ।

एमालेले राष्ट्रिय सभाका लागि तीन वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको छ। स्थायी कमिटीको सोमबार राति अबेरसम्म बसेको बैठकले ५, ६ र ७ नम्बर प्रदेशका उम्मेदवार टुंगो लगाएको हो ।
प्रदेश नं ५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश नं ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुावर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
माघ ७ काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रदेश सभाबाट निर्वाचित प्रदेश सभा सांसदहरु सपथ ग्रहण गरेका छन् । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन् ।
सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण भएको छ ।
संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन् ।
सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशको अस्थायी राजधानी तथा प्रदेश प्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो ।
आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै गराउनुपरेको हो।
प्रदेश नम्बर १
प्रदेश नम्बर १ मा प्रदेश प्रमुख गोविन्द सुब्बाले ७३ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ गराएका थिए। सरावगीले अरु ९३ प्रदेशसभा सदस्यलाई शपथ खुवाए ।

प्रदेश नम्बर २
२ नम्बर प्रदेशको शपथ ग्रहणमा केही सांसदहरुले आफूले जुन भाषामा शपथ लिएको हो त्यही भाषाको शपथपत्रमा हस्ताक्षर गरेका छन्। कतिपय सांसदहरुले नेपाली भाषाको शपथपत्रमा हस्ताक्षर नगर्ने भनेपछि नेपालीसहित मैथिली र भोजपुरी भाषाको शपथपत्रमा हस्ताक्षर गर्न दिइएको थियो।

प्रदेशसभा २ को पहिलो अधिवेशन माघ २१ गतेका लागि तय भएको छ।
प्रदेश नम्बर ३
प्रदेश नम्बर ३ मा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई सुरुमा शपथ खुवाइन्। पौडेलले ९९ जनालाई शपथ खुवाए।


प्रदेश नम्बर ४
प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई आइतबार बिहान शपथ खुवाएका थिए। ६७ वर्षीय श्रेष्ठले ५८ प्रदेशसभा सदस्यलाई शपथ खुवाएका छन्। मनाङ ‘ख’बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशपछि सांसदको शपथ लिनबाट बञ्चित भएका छन्।

प्रदेश नम्बर ५
प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले आइतबार नै पदबहाली गर्दै जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई शपथ खुवाए। पोखरेलले ८६ सांसदलाई शपथ खुवाए। बुटवलको बसपार्क पछाडि रहेको बुटवल उद्योग वाणिज्य संघको हलमा शपथ भएको हो। प्रदेश नम्बर ५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेश सभा सदस्य छन् ।

प्रदेश नम्बर ६
प्रदेश नम्बर ६ का सभासदहरुले दिउँसो शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दुर्गाकेशर खनालले ज्येष्ठ सदस्य ६८ वर्षीय हिमबहादुर शाहीलाई शपथ खुवाएपछि उनले प्रत्यक्ष र समानुपातिक ३९ सांसदलाई सपथ खुवाएका थिए।
जहाज आउन ढिला भएपछि नेपाली सेनाको हेलिकप्टरबाट सांसदहरु ल्याउनु परेकाले शपथ ढिला भएको हो।
प्रदेश नम्बर ७
प्रदेश नम्बर ७ को शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लको जहाज नउडेपछि गाडीबाट धनगढी आउँदा शपथ नै ढिला भएको हो ।
प्रदेश प्रमुख धनगढी आएलगत्तै पदबहाली गरेर ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाएका थिए। ५२ जना प्रदेशसभा सदस्यले शाहबाट शपथ ग्रहण गरे। प्रदेश ७ मा प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य छन् ।
मरिष्का पोखरेल के म तिम्रो होइन र तथा चपली हाइट २ मा अभिनय गरे पश्चात चर्चामा रहेकी नायीका हुन । दुबै चलचित्रबाट खासै उचाई छुन नसकेतापनि चर्चा भने गज्जबकै हुन्छ ।

हाल म्युजिक भिडियोमा व्यस्त रहेकै बेला नाट्यकर्मी तथा अभिनय प्रशिक्षक विशारत बस्नेतले उनलाई एउटा चलचित्रको मुख्य भूमिकाका लागि रोजे ।संभवत: चलचित्रको शीर्षक सुनेर मरिष्का झस्किन पनि होला– मिस्टर भर्जिन । गौरव पहारी, विजय बराल, भोला सापकोटाकी एक्ली हिरोइन हुन् पाउनु पोखरेलका लागि राम्रै अवसर थियो ।

चलचित्र मिस्टर भर्जिनका नायक त भर्जिन युवक भए, नायिकाको भूमिका चाहिँ के त ? भन्ने जिज्ञासामा निर्देशक विशारत मज्जाले हासे र भने– मिस भर्जिन । भनेपछि मरिष्का यौन मनोविज्ञानमा आधारित निर्माणाधीन चलचित्र मिस्टर भर्जिनकी एकमात्र भर्जिन हिरोइन हुन् त ?
साप्ताहिकबाट
फोक्सिङटार । जिल्लाको विकट क्षेत्र भनेर चिनिने महाभारत गाउँपालिका वडा नं.३ घिसिङ गाउमा रहेको श्री वनकाली प्राथमिक विद्यालयका वाल(वालिकाहरुलाई बुधबार एक कार्यक्रमका बीच न्यानो कपडा बाँडिएको छ ।

वडाको लेकमा पर्ने यस विद्यालयका विद्यार्थीहरुलाई ओम नेपाल नामक सामाजिक संस्थाले न्यानो कपडा बाँडेका हुन् । विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा गैर सरकारी संस्था महासंघका केन्द्रीय कोषाध्यक्ष जितराम लामा र संस्थाका अध्यक्ष खुशराज लामाले संयुक्तरुपमा वितरण गरेका थिए । वितरण कार्यक्रममा प्रमुख अतिथि लामाले जाडोको मौसममा विद्यार्थीहरुलाई न्यानो कपडा बाँडेकोमा संस्थाको प्रसंशा गरेका थिए ।
‘यातायात सुविधा समेत नभएको ठाउँमा यस संस्थाले विद्यार्थीलाई न्यानो कपडा बाँडेर पुण्यको काम गरेको छ ।’ उनले भने, ‘यो अत्यन्तै प्रशंसनीय कार्य हो ।’ उनले सामाजिक विकासका लागि समाजमा रहेका सबै एक भएर लाग्नुपर्नेमा जोड दिंदै अबका दिनहरुमा हरेक सामाजिक कार्यमा सक्रिय भएर लाग्न अभिभावकहरुलाई अनुरोध समेत गरे । त्यसैगरि पोशाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपालका उपमहासचिव हिरामान वाईबाले सबै अभिभावकहरुले आफ्ना वालवालिकाहरुलाई अनिवार्यरुपमा शिक्षामा अग्रसर गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य ग्याम्जो लामाले पोशाक वितरण गर्ने संस्थालाई धन्यवाद दिंदै तामाङ समुदाय शिक्षामा पछि पर्नुको कारणहरुको चर्चा गरे । ‘नेपालको शिक्षा प्रणाली खस एकल जातिय पहिचानमा आधारित भएकोले तामाङ जाति शिक्षामा पछि परेको छ ।’ लामाले भने, ‘जवसम्म तामाङ जातिले आफ्नो मौलिक पहिचान सहितको शिक्षा प्रणाली अन्तरगत पढ्न पाउँदैनन तबसम्म तामाङ जाति शिक्षामा पछि पर्नेछ ।’ उनले पहाडिय दलित समुदाय भन्दा शिक्षामा तामाङ समुदाय धेरै
तल रहेको चर्चा गर्दै अब शिक्षा प्रणालीलाई परिवर्तन गर्न अभिभावकहरु नै लाग्नुपर्नेमा जोड दिए । सम्बोधनकै क्रममा संस्थाका अध्यक्ष खुशराज लामाले आफूहरुले शैक्षिक क्षेत्रमा कार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनहरुमा समेत जारी राख्ने बताए ।
विभिन्न सामाजिक संस्थाहरुले भौगोलिक विकटताका कारण यस भेगमा कुनै पनि प्रकारको सामाजिक कार्य नगरेको अवस्थामा ओम नेपालले विकटतालाई चिर्दै न्यानो बाँडेकोमा अभिभाभक तथा विद्यार्थीहरु खुशी भएका थिए । कार्यक्रममा ओम नेपालका प्रतिनिधिहरु अनिश तामाङ, उषा तामाङ, सोभित मोक्तान लगायतका उपस्थिति रहेका थिए । कक्षा ३ सम्मको पढाई हुने यस विद्यालयमा ३८ जना विद्यार्थी रहेका छन् भने १ जना स्थायी शिक्षक, एक जना वालविकासका कर्मचारी र परिचारिका रहेका छन् । शिक्षक अभावका कारण पठन–पाठनमा समस्या रहेको प्रधानाध्यापक मोक्तानले बताए ।
यसैबीच यस भेगका विद्यार्थीहरु कक्षा ३ पास भएपछि २ घण्टा टाढा रहेको सानोपोखरीमा पढ्न जाने गरेका छन् । विद्यालय टाढा भएका कारण यस भेगका विद्यार्थीहरुले विचमै पढाई छोड्न बाध्य हुने अभिभावहरुले बताए । कार्यक्रमको संञ्चालन विद्यालयका प्रधानाध्यापक ठकेन्द्र मोक्तानले गरेका थिए भने अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर घिसिङले गरेका थिए ।

काठमाडौं । लायन्स क्लब्स इन्टरनेसनल ३२५ बि२ नेपाल अन्र्तगतको लायन्स क्लब अफ काठमाडौ निर्बानाले सोमबार महाबौद्धमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
‘‘रक्तदान जीवन दान’’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सुरु गरिएको उक्त कार्यक्रममा ४९ पिन्ट रगत संकलन गरिएको क्लबका अध्यक्ष ज्योती कुमार श्रेष्ठले जानकारी दिए ।

कल्बले आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने सचिब हरिप्रसाद मैनालीले बताए ।

उक्त कार्यक्रममा लायन्स क्लब्स इन्टरनेसनल ३२५ बि२ नेपालका सेकेन्ड भाइस डिस्ट्रिक गर्भनर अनुप पहारी, एरिया चिफ दिनेश खरेल, एरिया कोर्डिनेटर आदर्श प्रधान लगाएतको उपस्थिती रहेको थियो ।
स्कुल अफ साइकोलोजी नेपालको आयोजनामा र आट्स्टि इन कम्युनिटी इन्टरनेशनल केयर, साइकडेस्क फाउण्डेसन र कादम्वरी कलेजको सहकार्यमा ५ दिने “आट्स प्रैक्टिस फोर कम्युनिटी केयरद्धारा आत्महत्या रोकथाम तालिम” काठमाण्डौंमा वुधबार १७ जनवरी २०१८ देखि शुरु भएको छ ।

उक्त तालिम आइतबार २१ जनवरी २०१८ सम्म चल्ने छ । यस तालिममा १९ जनाको सहभागीता रहेको छ। यस तालिमको सहजिकरण डा.एनी रिग्गस,आट्स्टि इन कम्युनिटी इन्टरनेशनल केयर, अष्ट्रेलिया र एलेक्स पिन्डर, आट्स्टि इन कम्युनिटी इन्टरनेशनल केयर अष्ट्रेलियाले गरिरहनु भएको छ। एनी रिग्गसले भिजुअल आट्समा पीएचडी गरेकी छिन भने एलेक्स पिन्डर पर्फमीङ आट्स्टि हुन । उक्त तालिममा “आट्स प्रैक्टिस फोर कम्युनिटी केयर द्धारा आत्महत्या रोकथाम”को बारेमा जानकारी प्रदान गर्नु हुनेछ ।

उक्त तालिमको उद्देश्य “आट्स प्रैक्टिस फोर कम्युनिटी केयर द्धारा आत्महत्या रोकथाम”को लागी आवश्यक पर्ने सिप र समुदायमा आघातमा रहेका व्यक्तिहरुको तनाव कम गर्न, स्वहेरचाहका तरीकाको लागी आट्स प्रैक्टिस को भुमिका को वारेमा मनोविमर्शकर्ता र मानसिक स्वास्थ्यकर्मी लाई आवश्यक पर्ने सिप प्रदान गर्र्दै आत्महत्याको जोखिम रहित समाज निर्माण गर्न प्रेरित गर्नु रहेको मनोबिद् एवं द स्कुल अफ साइकोलोजी नेपाल का अध्यक्ष डा.नरेन्द्र सिंह ठगुन्नाले जानकारी गराए ।

अहिले बिश्वमानै आत्महत्याको जोखिम बढ्दै गइरहेको अबस्थामा यसको रोकथामको लागि चेतना मूलक मनोबैज्ञानिक मनोविर्मर्शको अत्यन्त जरुरी भएको मनोबिद् ठगुन्नाले बताए ।
यस संस्थाले विगत २ बर्ष देखि मनोविज्ञान र आत्महत्या रोकथामको क्षेत्रमा विभिन्न प्रकारका तालिमहरु आयोजना गर्दै आएको छ । यस संस्थाले २ बर्ष देखि अहिले सम्म जम्मा ५१३ जनाले २ दिने आत्महत्या रोकथाम सहजीकरण तालिम दिएको र तालिम लिइएकाहरुले मेची देखि महाकालीसम्मका २३ जिल्लामा करिब १७३ भन्दा बढि आत्महत्या रोकथाम सम्बिन्ध अभिमूखिकरण तालिमबाट करिब १५,७०० भन्दा बढिलाई सेवा दिइसकेको अध्यक्ष मनोबिद् डा.नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिए । हालसम्म कुनै संघसंस्थाको सहयोग बिना स्वयंसेवाले कार्यक्रम गर्दै आएको पनि बताए ।
दोलखा । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले यो वर्षको ‘विष्णुलक्ष्मी साहित्यिक पुरस्कार‘ साहित्यकार भोजराज न्यौपानेलाई प्रदान गरेको छ ।

सोमबार चरिकोटमा आयोजित एक समारोहमा पुर्व मन्त्री आनन्द पोखरेलले न्यौपानेलाई नगद एवं सम्मानपत्रले प्रदान गर्नु भयो ।
अढाई दशकदेखि नेपाली साहित्यमा क्रियाशिल न्यौपानेका ‘आकाश माथिको देवता’, ‘सपनामाथि उभिएर’ र ‘छुटेको जुत्ता ’ कविता संग्रह प्रकाशित छन् । उनका विभिन्न पत्रपत्रिकामा कथा, निवन्ध र संस्मरणात्मक आलेख र तीनसय बढी गीत प्रकाशित छन् । दोलखाली समकालिन साहित्य, अरुणिमा, हाम्रो गाउँघर लगाएतका साहित्यिक कृति एवं पत्रपत्रिकाका सम्पादक रहेका न्यौपाने दोलखाका पहिलो व्यवसायिक पत्रकारका रुपमा परिचित छन् ।
पत्रकार चिरन्जीवी मास्केले आफ्नी आमाको नाममा स्थापना गर्नु भएको उक्त पुरस्कारको कोष मजबुत बनाउने उदेश्यले न्यौपानेलाई प्राप्त गर्नु भएको उक्त पुरस्कार संस्थाका संस्थापक मास्केलाई हस्तान्तरण गर्नु भयो । २०६९ सालमा आफ्नी आमा र कर्म दिने आमाको नाममा पुरस्कार स्थापना गर्नु भएको हो । कार्यक्रममा तुलसीमायाँ रेडियो पत्रकारिता साहित्यिक पुरस्कार हाम्रो रेडियो की प्रस्तोता लक्ष्मी बस्नेतलाई प्रदान गरियो ।
कार्यक्रममा कवि विष्णु सुवेदी, विर्ख क्रान्ति, शंकरलाल श्रेष्ठ र मुरारी दुलालले पनि बोल्नु भएको थियो ।
२७ पौष २०७४ काठमाडौं । निखिल उप्रेतीले डेब्यू गरेको पिंजडा सिक्वल ‘पिंजडा ब्याक अगेन’ले नेपालपछि जापानका लागि पनि प्रदर्शन मिति तय गरेको छ।

माघ ४ बाट नेपालभर रिलिजको तयारीमा रहेको फिल्मले जापानमा पनि विशेष शोको आयोजना गरेको हो। जनवरी २८ तारिखमा जापानमा एक विशेष शो मार्फत प्रदर्शन गरिने फिल्म युनिटले जनाएको छ।
फिल्ममा निखिल, सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदीप दाहाल, कुशाग्र भट्टराईसँगै दिवंगत कलाकार विना थापाको अभिनय रहेको छ ।
चर्चित संगीतकार राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत रहेको फिल्म मौनता श्रेष्ठले लेखेका हुन् भने सौरभ लामाले छायांकन गरेको हुन्।

जापानको विशेष शो मा निर्देशक हिमाल केसीसँगै निखिल र अभिनेत्री सञ्चिता लुइँटेल उपस्थित हुने भएका छन्। तीनै जनाले मंगलबार मात्रै जापानको भीसा पाएका छन्।
पारिवारिक कथावस्तु र एक्सन प्याक ुपिंजडा ब्याक अगेनु २८ जनवरीको विशेष शो पछि जापानका अन्य शहरहरुमा पनि देखाइने निर्देशक केसीले बताए। जापानमा फिल्म प्रदर्शन गर्ने अधिकार क्लासिक युथ जापानले लिएको छ।
भिडियो हेर्नुहोस
२५ पुस, काठमाडौं । नेपाली कांग्रेसको पार्टी प्रवक्तामा प्रखर वक्ता युवा नेता विश्वप्रकाश शर्मा मनोनित भएका छन् ।

नेपाली कांग्रेसको विधानअनुसार शर्मालाई पार्टीको प्रवक्तामा मनोनयन गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।
पार्टी सभापती शेरबहादुर देउवाले मंगलबार शर्मालाई पार्टी प्रवक्तामा नियुक्त गरेका हुन । १३ औं महाधिवेशन भएको लामो समयसम्म देउवाले पार्टीका विभिन्न विभागहरुमा मनोनित गर्न सकेका छैनन् ।

यसअघि गगन थापालाई प्रवक्ता बनाउने आश्वासन दिएको भए पनि थापालाई नबनाई शर्मालाई प्रवक्तामा मनोनयन गरेका हुन् ।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष शर्मा नेपाली कांग्रेसका प्रखर वक्ताका साथै प्रभावशाली नेताको रुपमा परिचित छन् ।